लेटाङ नगरले ल्यायो ९० करोड ८६ लाखको बजेट

१० असार । मोरङको लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ९० करोड ८६ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार भएको नवौँ नगरसभामा उपप्रमुख कृष्ण कुमारी निरौलाले ९० करोड ८६ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत कुल बजेटबाट पुर्वाधार बिकासमा ४५ करोड ७० लाख ७० हजार, सामाजिक बिकासमा २८ करोड ४३ लाख, १२ हजार, आर्थिक बिकासमा २ करोड ८६ लाख, सुशासन क्षेत्रमा २ करोड ८९ लाख ९५ हजार विनियोजन गरिएको छ ।