बेलबारी नगरपालिका अगाडी बोकाको घाँटीमा प्लेकार्ड : बोयर काण्डको भण्डाफोर


बोयर खरिदमा भएको अनियमितताको भण्डाफोर गर्न सोमबार बेलबारीका युवाहरु बोका सहित बेलबारी नगरपालिकाको गेटमा पुगेका छन् । अनियमितताको छानविन गरी कारवाही गर्न माग गर्दै युवाहरुले बोका नै लगेर गेट अगाडी प्रदर्शन गरेका हुन ।सोमबार दिउँसो पानी परिरहेपनि बोका सहित भेला भएका युवाहरुले नगरपालिका गेट अघि प्रदर्शन गरेका हुन् । युवाहरुले बोकाको घाँटी तथा शरिरमा विभिन्न नारा लेखिएका प्लेकार्ड समेत झुण्ड्याएका थिए । हामी बिदेशी बोका होईनौँ नेपाली बोका हौँ, हाम्रो घर नवलपरासी हो, हामीलाई बिदेशी भन्न पाईन्न,हामी जहाज चढेर आएका होईनौँ, बिदेशी भनेर हाम्रो बेईज्जत नहोस,लगायतका दर्जनौ नाराहरु लेखिएका प्ले कार्ड बोकालाई झुण्ड्याइदिएका थिए ।
बेलबारीका सुजित बस्नेत,खेम गौतम,रिक्त गुरुंग,कमल सुब्बा, विपिन आचार्य लगायतका युवाहरुको नेतृत्वमा युवाहरु प्रदर्शनका लागि नगरपालिका गेटमा पुगेका थिए ।
बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाट चार्टर गरी ल्याएर फुल ब्लड बोयर जातको बाख्रा बितरण गरेको भन्दै किसानहरुको आँखामा छारो हालेको र १ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको भन्दै बेलबारीका युवाहरुले त्यस विरुद्ध प्रदर्शन गरेका हुन् ।
युवाहरुको समुहले आईतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यलय ईटहरीमा सोही बिषयमा उजुरी समेत गरेका छन ।




Leave a Reply

Your email address will not be published.