बेलबारीमा पार्लर,सैलुन, जिमखाना बन्द : सामाजिक कार्यमा १५ जनामात्रै भेला हुन पाईने

कोरोनाको संक्रमण तिब्र हुन थालेसँगै बेलबारीमा व्यक्तिको ज्यानसमेत गएपछि सावधानीको प्रयासय थालिएको छ । संक्रमण फैलन नदिन अब बेलबारी नगरपालिका क्षेत्र भित्रका सैलुन,व्युटीपार्लर जिमखाना अनिश्चितका कालका लागि बन्द गर्ने बेलबारी नगरपालिकाले निर्णय गरेको छ । बुधबार नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । साथै स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउने निर्णय समेत भएको छ ।
यस्तै विवाह,ब्रतबन्ध सभा,सम्मेलन,खेलकुद लगायतका अन्य सामाजिक कार्यहरुमा १५ जना भन्दा बढि भेला हुन नपाइने भएको छ । सम्पुर्ण पसल ब्याबसायहरु साँझ ७ बजे बन्द गरिसक्नुपर्ने र विहान बिहान ५ बजे पछि मात्रे खोल्न पाइने निर्णय समेत गरेको छ ।

सम्बधित समाचार

बेलबारीमा कोरोनाले १ को ज्यान लिएसँगै संक्रमण पनि उच्च, जोगिने एकमात्रै उपाय व्यक्ति सुरक्षित रहने

सम्बधित समाचार