सुन्दरहरैचा । सुन्दरहरैचा उधोग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । मंगलबार राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले संघका नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेका हुन ।
हालै सम्पन्न सुन्दरहरैचा उधोग वाणिज्य संघको निर्वाचनबाट अध्यक्षमा कृष्ण प्रशाद रिजाल निर्वाचित भएका छन । वरिष्ठ उपाध्यक्षमा दुर्गा कुमार श्रेष्ठ, उपाध्यक्षमा डोलेश्वर तिम्सिना , महासचिवमा नारायण कार्की, वाणिज्य सचिवमा उज्ज्वल थापा, उधोग सचिवमा हरी कार्की, र कोषाध्यक्ष शारदा प्रशाद ढकाल निर्वाचित भएका छन् । यस्तै महिला सदस्यमा रञ्जु गुरागाई आचार्य, रिता सापकोटा र सदस्यहरूमा महेन्द्र आचार्य, मनोज गुरागाई, शंकर बजगाई, दिप कुमार भण्डारी, टेक बहादुर सार्की (कुमार), राजाकुमार बस्नेत (विप्लब) रहेका छन् ।
त्यस्तै लेखा समिती संयोजकमा कृष्ण ओझा, सदस्यमा गोपाल फुयाल र डम्बर काक्री निर्वाचित भएका हुन । निर्वाचित सबैलाई स्वागत सम्मान गर्दै रायमाझीले सुन्दरहरैचा नगरपालिकामा रहेको दुई वाणिज्य संघलाई एक बनाउनु पर्ने बताएका थिए । उनले अहिले नवनिर्वाचित नेत्रित्वले दुई वाणिज्य संघलाई एक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका थिए ।
स्वागत सम्मान कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकाल, नेपाली काङ्ग्रेस मोरङका कोषाध्यक्ष गोपाल थापा, नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य राजेन्द्र ढकालको उपस्थिती रहेको थियो ।