खम्बुवानको लेटाङ नगर समिति गठन

खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीले मोरङको लेटाङमा नगर समिति गठन गरेको छ । पार्टीको तेस्रो खम्बुवान जागरण अभियान अन्तर्गत बुधबार ताराजित खम्बुको अध्यक्षतामा ११ सदसीय लेटाङ नगर समिति गठन गरेको हो ।
जनसेवा सामुदायिक भवनमा भएको कार्यक्रममा उपाध्यक्ष, सचिब, सह सचिवमा क्रमश राज बा. खम्बु, राजन खम्बु, मनि राज खम्बु चयन भएका छन । सदस्यहरुमा पदम कुमारी खम्बु, जस कुमारी खम्बु, शशी खम्बु , कमल खम्बु, नर प्रसाद खम्बु र मन बहादुर खम्बु चयन भएको केन्द्रिय सचिब राजु देब राईले जानकारी दिए ।
भेलाले मन्दिप खम्बुको संयोजकत्वमा ६ सदसिय खम्बुवान युवा मोर्चा नगर समिती पनि गठन गरेको छ । प्रमुख अतिथि को रूपमा पार्टी उपाध्यष्क्ष दिल राम खम्बु, विशिष्ट अतिथिहरुमा पार्टी माहासचिब रनेन्द्र थिम्राहाङ, पार्टी सचिब राजुदेव राई, केन्द्रिय सदस्य बिकास खम्बु लगायतको सहभागिता रहेको थियो । नब निर्वाचित अध्यक्ष ताराजित खम्बुको अध्यक्षतामा कार्यक्रम भएको थियो ।