विराटनगरमा आन्दोलनकारीको क्रुरता: दुई महिला माथी तातो तेल खन्याइयो

विराटनगर । विराटनगरमा चिया पसल खोलेर बसिरहेका दुई जना महिला माथी बिहिबार उम्लिरहेको तातो तेल खन्याइएको छ । बिहिबार नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा चियानास्ता पसलमा काम गरिरहेका माथि उम्लिइरहेको तातो तेल खन्याइएको हो। 

घाइतेहरु एउटै परिवारका आमाछोरी हुन्। हड्तालका क्रममा विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल खन्याइदिएका हुन्। 

तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी सामान्य घाइते भएका छन्। पसलमा काम गरिरहेका बेला एक्कासि आएको समूहले उनीहरुमाथि तेल खन्याइदिएको हो। 

उम्लिइरहेको तेल खन्याइदिएपछि आमा–छोरीको शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेमध्ये बविता ६ महिनाकी सुत्केरी हुन ।