प्रदेश सांसद ओझा ओली समुहमा प्रवेश

सुन्दरहरैचा । प्रदेश १ का सांसद राजकुमार ओझा ओली समुहमा प्रवेश गरेका छन । सासद हुनु भन्दा अगाडि तत्कालिन एमाले हुदा माधव समुहमा देखिएका ओझा सासद भए पछि नेकपाको प्रचण्ड-माधव समुह छाडेर ओली समुहमा लागेका हुन ।

ओझालाई सांसद हुदा देखि नै आन्तरिक पार्टी भित्र विचार भन्दा पनि समुहमा लागेको आरोप लाग्दै आएको थियो । उनलाई प्रदेश १ मा मुख्यमन्त्रीको निर्वाचनमा शेरधन राईलाई सघाएको आरोप थियो । उनकै भोटले मुख्यमन्त्रीमा भिम आचार्यले हार बेहोर्नु परेको आरोप उनलाई लागेको थियो ।

करिब ३ वर्ष सम्म नेकपा एक हुदा तटस्थ भुमिका खेलेका ओझा नेकपा दुई विभाजनमा देखिए सगै उनले ओली समुह रोजेका छन । ओली समूह रोजे सगै उनलाई पुन अर्को आरोप लागेको छ । ओझा सताको भोगी रहेको आरोप अहिले लागेको छ । ओली समुहमा आउदा उनलाई मन्त्रीको आश्वासन ओली समुहले देखाएको आरोप लागेको छ ।

मंगलबार ओली समुहले सुन्दरहरैचा नगरपलिकामा आयोजित सभामा प्रदेश सांसद ओझा देखिएका छन । मंगलबार भएको ओली समुहको बृहत् युवा भेलामा ७०/८० वर्षका व्यक्तीहरु देखिए पनि ओली समुहको ब्यानरम बृहत् युवा भेला भनिएको छ । भेलामा करिब १००/१५० जनाको सहभागिता रहेको थियो ।

त्यसो त ओझालाई मात्र यस्तो आरोप लागेको छैन । मन्त्री ढकाललाई समेत आरोप लाग्दै आएको छ । मन्त्री ढकाललाई चुनावी प्रचार गर्न आफ्नो क्षेत्रमा अहिले सक्रिय रहेको आरोप लाग्दै आएको छ । कानुन मन्त्री र स्वास्थ्य मन्त्री हुदा वर्षमा एक पल्ट आफ्नो निर्वाचन क्षेत्रमा आउन नभ्याउने ढकाल अहिले नेकपा दुई विभाजन भए सगै घोषणा गरिएको निर्वाचनको प्रचार प्रसारमा पर्यटन मन्त्री भए पश्चात् महिनामा दुई दुई पल्ट आफ्नो निर्वाचन क्षेत्रमा यस्तै समुहको भेलालाई सम्बोधन गर्न आएका छन ।

कति पए मान्छेले हिजोको प्रादेशिक सरुवा रोग अस्पतालको शिलन्यास कार्यक्रमलाई समेत चुनावी प्रचार भन्न भ्याएका छन । ढकालले भईरहेको भवनलाई छाडेर नया भवनको शिलन्यास गरेका छन । उनको यो कार्यलाई कतिपयले चुनावी प्रचार प्रसार भएको समेत व्याख्या गरेका छन ।




Leave a Reply

Your email address will not be published.