मोरङको जंगलमा कुहिन थाले काठ

बेलबारी । केहि साल अघिदेखी कटान गरी घाट गद्यी गरेर वन क्षेत्रमा राखीएको सखुवाको गोलिया समेत सरकारको स्पस्ट निति अभावमा घाट गद्यीमै कुहिन थालेको छन् ।

सरकारले गत जेठ १५ देखि जंगलवाट काठ निकाल्न रोक लगाएपछि मोरङको चारकोसे जंगलमा घाट गद्यी गरेर राखिएको ६९ हजार क्यूफिट सखुवाको गोलिया काठ घाट गद्यीमै कुहिन थालेका हुन् ।

यता आफ्नै जंगलको सखुवाको काठ निकाल्न रोक लगाएपछि विदेशी मुलूक भारत, थाइल्याण्ड र मलेसियावाट वार्षिक रुपमा झण्डै ४० करोड मूल्यको सखुवाको काठ आयात भएको विराटनगर भन्सारको तथ्याङक छ । डिभिजन वन कार्यालय मोरङका अनुसार चारकोसे जंगलमा रहेका १ सय ३४ वटा सामुदायिक र चारवटा साझेदारी वन समुहले संकलन गरेको ६९ हजार क्यू फिट सखुवाको काठ र करिव २५ हजार क्यू फिट कु काठ कुहिन थालेको हो ।

सखुवाको काठको बजार मूल्य अहिले प्रति क्यू फिट ५ हजार ५ सय रुपैया“ छ । सरकारी औषत मुल्य सखुवाको प्रति क्यू फिट ८ सय छ । डिभिजन वन कार्यालयका अधिकृत दिपक पोखरेलले भने सरकारी औषत मुल्यमा पनि कुहिन थालेको ६९ हजार क्यू फिट सखुवाको मूल्य ५ करोड ५२ लाख हुन्छ ।

बजार मूल्यका आधारमा उक्त काठको मूल्य करिव ३८ करोड हुन्छ । पोखरेलले भने घाट गद्यी गर्दा क बर्गको काठ अहिले कुहिएर ख बर्गमा परिणत भएको छ । ख बर्गको ग बर्गमा झरेको छ । ग वर्गको काठ कुहिएर कामै नलाग्ने भएको छ ।

सरकारले जेठ १५ गतेदेखि जंगलवाट काठ निकाल्न रोक लगाएको हो । उक्त काठ जेठ १४ सम्ममा घाट गद्यी गरिएको हो । डिभिजन वन कार्यालय मोरङका अनुसार त्यसयता घाट गद्यी नगरिएको ढलापडा रुख जंगलमै कुहिएका छन ।