सुन्दरहरैचामा लुटिन थाले व्यापारी: मंगलबार मात्रै दुई व्यापारी लुटिए

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकका व्यपारीहरु क्रमश लुटिन थालेका छ्न । मंगलबार साझ मात्र दुई व्यापारीहरु लुटिएका हुन ।

सुन्दरहरैचा नगरपालिका वडा नं १२ स्थित विराटचौकमा किराना तथा फलफूल पसल सञ्चालन गर्दै आएकी उमा देवी तामाङ मंगलबार साझ ७ बजे पसल बन्द गरेर घर फर्कने क्रममा लुटिएकी हुन । बाइकमा आएका व्यक्तीले उनको साथबाट ब्याग खोसेर नगद ४ लाख र कागजपत्र लुटेर लगेको उनले बताएकी छिन ।

त्यस्तै सोही दिन साझ रेडिमेट कपडा पसलका सञ्चालक पर्शुराम नेपाल समेत लुटिएका छन । साझ उधोग वाणिज्य संघ जाने बाटोमा उनी लुटिएका हुन । घर जाने क्रममा बाइकमा आएका एक जना व्यक्तिले उनको साथबाट करिब २० हजार र एक थान आइफोन मोबाइल लुटेको उनले बताएका छन । ब्याग र मोबाइल भने प्रहरीले उक्त स्थानबाट फलिएको अवस्थामा फेला पारेको छ ।

प्रहरीले अहिले उक्त घटनाको अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।