५ औँ रिफ्युजी च्यालेन्ज कप: फाइनलमा शिरिजङ्गा र आयोजक भिडने, दुधे घर फर्कियो


पथरी, ५ औँ रिफ्युजी च्यालेन्ज कपको उपाधी रक्षाका आयोजक र योङ ब्रदर शिरिजङ्गा फुट्बल क्लब आमुने सामुने हुने भएका छ्न ।
मगलबार भएको अन्तिम सेमिफाइनल खेलमा दुधेलाई टाईब्रेकरमा पाखा लगाउदै शिरिजङ्गाले फाईनलको यात्रा तय गरेको हो ।
आजको सेमिफाइनल खेलको निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि टाइब्रेकर मार्फत खेलको निर्णय लिइएको हो । खेलको ४ मिनेटमा यो शिरिजंगाका राजकुमार कन्दङ्वाको पासमा जर्सी नं. ७ का सनम भुजेलले उत्कृष्ट गोल गरेका थिए । पूनः सनम धिमालको पासमा भुजेलले नै गरेको उत्कृष्ट प्रहार पोलमा ठोकिएर रिबाउण्ड भयो ।

यता दुधे फुट्बल क्लवका मनिस लिम्बूको फ्रिकिकको सदुपयोग गर्दै खेलको १० औँ मिनेटमा जर्सी नं. ३ का बिशाल दर्जीले हेड मार्फत दर्शनिय गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । यसअघि खेलको पहिलो मिनेटमा नै मनिस लिम्बूले गरेको उत्कृष्ट प्रहारलाई शिरिजंगाका गोल रक्षक बिशाल दर्लामी मगरले बिफल बनाइदिएका थिए ।

निर्धारित समयमा खेल १–१ को बरबरीमा पुगेपछि टाइब्रेकर मार्फत शिरिजंगाले जित आफ्नो पक्षमा पा¥यो । टाइब्रेकरमा शिरिजंगाका दिपेश धिमाल, सनम भूजेल, राजकुमार कन्दङ्वा र दिनेश गिरीले गोल गरे ।

दुधेका तर्फबाट रोजिन माझी, शुसिल मगर र प्रितम लिम्बूले गोल गरे भने संजिब बुढाथोकी र निकेश श्रेष्ठ गोल गर्नबाट चुक्दा नतिजा सुम्पन बाध्य भए ।

आजको खेलको म्यान अफ दि म्याच शिरिजंगाका सनम भूजेल घोषित भए । भूजेलले नगद २ हजार ५ सय प्राप्त गरे । प्रतियोगीताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ ।

मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा प्रतियोगीता संचालन भइरहेको छ। प्रतियोगीता संचालनका लागि सेक्टर आई परिवारको मुख्य सहयोग रहेको छ ।

फाइनल खेल माघ १५ गते विहिबार पथरी शनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा दिनको २ बजे बाट हुने आयोजकले जनाएको छ ।