विराटचौकमा ओली विरुद्द काङ्ग्रेसको विरोध सभा

सुन्दरहरैचा । संसद विघटन गर्ने निर्णयको विरोधमा नेपाल विधार्थी संघ, सुन्दरहरैचा र नेपाल तरुणदल सुन्दरहरैचाको सयुक्त अगुवाइमा नेपाली कांग्रेसले विराटचौकमा विरोध प्रदर्शन गरेको छ। सुन्दरहरैचाको पिएलओ मार्गबाट निस्किएको विरोध र्‍याली विराटचौकमा पुगि कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै नेपाल विधार्थी संघ क्षेत्र नं ३ मोरङका सभापती होमनाथ पोखरेलले प्रधानमन्त्रीको कदम देश र संघीय गणतन्त्रको व्यवस्थाकै लागि घातक भएको बताए। प्रधानमन्त्रीले चालेको असंबैधानिक कदम  बिरुद्ध कांग्रेसले सडक संघर्ष थालेको  पोखरेलले बताए ।

प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरित संसद विघटनको सिफारिस गर्नु र राष्ट्रपतिले पनि प्रधानमन्त्रीको असंवैधानिक कदमलाई साथ दिनु देशकै लागि विडम्बना भएको उनको भनाई छ ।

पोखरेलले राष्ट्रपति जनताको राष्ट्रपती बन्न नसकेको भन्दै केपी ओलीको निजि सचिव मात्र बनेको आरोप लगाए । उनले नेकपाको अन्तर कलहले देेेशमा स्थिर सरकार बन्न नसकेको आरोप लगाएका थिए ।