बेलबारी जेसिजको आयोजनामा वक्तित्वकला प्रतियोगिता सम्पन्न

मोरङ बेलबारी जेसिजको आयोजनामा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । बेलबारी नगरभित्र रहेका माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको वक्तित्वकला प्रतियोगितामा यलम्बर स्कुलमा अध्ययनरत दिक्षा कार्की प्रथम भएकी छन ।


गुरुकुल पाठशालाकि रोजिना बस्नेत दोस्रो, सनसाइन स्टारकि अर्चना भण्डारी तेस्रो र कृष्टल पब्लिक स्कुल सान्त्वना भएको छ । बिजेताहरुलाई मेडल, ट्रफि, प्रमाणपत्रको साथै क्रमशः २५ सय, १५ सय, १ हजार र ५ सय नगद प्रथम, दोस्रो, तेस्रो र सान्त्वनालाई प्रदान गरिएको बेलबारी जेसिज बर्ष २०२० का अध्यक्ष राजेश खत्रीले जानकारी दिए । शिक्षा सन्देस स्कुलमा भएको कार्यक्रममा बेलबारी नगरपालिका प्रमुख कार्यकारी अधिकृत प्रदिप शाह, बेलबारी २ का अध्यक्ष घनश्याम गौतम लगायतको उपस्थिति रहेको थियो । बुधबार सम्पन्न वक्तित्वकला प्रतियोगितामा नगरभित्रका ११ वटा बिध्यालयहरुले सहभागिता जनाएका थिए ।