सुन्दरहरैचामा साझा युवा संगठनको कमिटी गठन

सुन्दरहरैचा । साझा पार्टीको युवा संगठन साझा युवा संगठनको सुन्दरहरैचामा कमिटी गठन भएको छ । बुधबार सुन्दरहरैचाको गोठगाउमा एक कार्यक्रमको आयोजना गरि साझाले आफ्नो युवा संगठन विस्तार गरेको हो ।

युवा संगठनको लागि कमिटीमा सुन्दरहरैचा ५ का श्याम बहादुर कार्कीको संयोजकमा ३६ सदस्य रहेका छन । जसमा सल्लाहकारमा सुन्दरहरैचा ४ का निरोज भट्टराई, सहसंयोजकमा वडा नं २ का रुद्र बहादुर मगर, सचीवमा वडा नं ४ का सफल बास्कोटा, कोषाध्यक्षमा वडा नं ५ कि पुजा गौतम ,सहसचिवमा वडा नं ७ का सरोज खतिवडा,संगठन विभाग प्रमुखमा वडा नं ४ का सुरेन्द्र बस्नेत रहेका छन ।

त्यस्तै सदस्यहरुमा वडा नं ४ कि पुजा सिग्देल, सरिता काफ्ले, दिनेश घिमिरे, वडा नं ३ कि ममता मंण्डल, गंगा लिम्बू , जमुना लिम्बू , निर्मल लुइँटेल , लक्ष्मण दाहाल, राम दाहाल, पंङ्कज खतिवडा , उद्दव कटुवाल, वडा नं १० का सुदिप भण्डारी, वडा नं ८ का ट्विङ्कल चौधरी , वडा नं ५ का विकास न्यौपाने , शिशिर पौडेल , कुशल घिमिरे , यम घले, किशोर थापा , चेतन तिवारी , उद्द्व घिमिरे, वसन्त दाहाल, वडा नं ६ का विनोद निरौला, राकेश कार्की , प्रकाश श्रेष्ठ, वडा नं ७ का विनोद गिरि , सुमन श्रेष्ठ , वडा नं २ का प्रेम खवास र वडा नं ११ का सुदिप भट्टराई, अन्जन घिमिरे गरि ३६ सदस्यीय रहेका छन ।

साझा युवा सङठन प्रदेश १ का संयोजक सरोज नेपालको अध्यक्षतामा प्रदेश समिती सदस्य मातृका घिमिरेले समिती घोषणा गरेका हुन । नया कमिटी सबैलाई संगठनका सुनसरी अध्यक्ष राम गिरिले माटोको टीका लगाएर स्वागत गरेका थिए ।