केराबारीबाट ५ जुवाडे पक्राउ

केराबारी । मोरङ्गको केराबारी गाउपालिकाबाट प्रहरीले ५ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । केराबारी गाउपालिका वडा नं ६ भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलि रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले शनिबार ५ जना जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

प्रदेश प्रहरीको बिशेष टोलीले बेलबारी प्रहरीको बिशेष सहयोगमा जुवा तास खेलिरहेको अवस्थामा घरधनी भुपेन्द्र भट्टराईसहित ५ जनालाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्य जुवा खेल्नेहरु धरान उपमहानगरपालिका १५ का अरुण केसी र शैलेश भुजेल, धरान उपमहानगरपालिका ६ का हरि खत्री र केराबारी गाउपालिका ६ का बोधराज मगर हुन्।

पक्राउ परेकाहरुको साथबाट नगद ८ लाख ८९ हजार २५० रुपैँया नगद सहित १३ थान तास र २/२ थान स्कुटर र मोटारसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेकाहरु हाल जिल्ला प्रहरी कार्यालय मोरङ्गमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।