उर्लाबारीको बिच सडकमा नग्न अबस्थामा महिलाको शब फेला

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा एक महिलाको शव भेटिएको छ । उर्लाबारी नगरपालिका ४ आइतबारे स्थित पुर्व पश्चिम लोकमार्गको बिच सडकमा एक महिलाको नग्न अवस्थामा शव भेटिएको हो ।

घटना स्थलमा रहेका एक प्रहरीको भनाई अनुसार अन्दाजी वर्ष ३० कि एक महिलाको शव प्रहरीले पुर्वपश्चिम लोकमार्गमा भेटेको हो । गस्तीमा हिडेको प्रहरीले सानो पोको जस्तो देखेर हेर्दा महिलाको शव रहेको घटना स्थलका एक प्रहरीले जनाएका छन ।

घटना स्थलमा रहेका एक प्रहरीको अनुसार सानो गाडीले हानेर सडक दुर्घटनामा महिलाको मृत्यु भएको हुन सक्ने अनुमान छ । अहिले उक्त महिलाको शव पोस्ट मार्टमको लागि मगलबारे आस्पताल्मा राखीएको छ ।

उक्त महिलाको पहिचान भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटना बारे थप अनुसन्धान गरिरहेको छ ।