पथरिशनिश्चरेमा ११ जना थपिए कोरोना संक्रमीत

पथरिशनिश्चरे । मोरङको पथरिशनिश्चरे नगरपालिकामा ११ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको अनुसार शुक्रबार पथरीशनिश्चरेमा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

शुक्रबार पथरीशनिश्चरेमा ७ जना पुरुष र ४ जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।