रामधुनीका ३६ वर्षिय एक पुरुषको कोरोनाका कारण मृत्यु

इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रामधुनी नगरपालिका वडा नं १ का ३६ बर्षीया पुरुषको संक्रमणका कारण बिहीबार मृत्यु भएको नगर स्वास्थ्य साखाले जनाएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले केहि दिअघि मात्रै बिराट टिचिङ्ग हस्पिटलमा कोरोना परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनी घरमै आराम गरेर बसिरहेको थिए ।

स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई अस्पताल लगिएको र उनको बिहीबार बेलुका अस्पतालमै मृत्यु भएको जनाइएको छ ।