कोरोनाको जोखिम क्षेत्र बन्दै सुन्दरहरैचा, बुधबार १८ जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा बुधबार थप १८ जनामा कोरोना पुष्टि भएको छ ।

सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखाको अनुसार वडा नं ११ मा वर्ष ४० कि एक महिला र ४७ वर्षका एक पुरुष, वडा नं १२ का वर्ढ २५ र ३७ का दुई पुरुष, वडा नं ०९ को ५१ वर्षिय एक महिला, वडा नं ०४ को ३२ र ४० वर्षिय दुई पुरुष, वडा नं ५ को ३७ वर्षिय एक महिला, वडा नं ७ को ६० र ३२ वर्षिय दुई पुरुष, वडा नं ३ को ३८ र ५४ वर्षिय दुई पुरुष, वडा नं १० को ३२,२,र ३७ वर्षिय तीन पुरुष र ३५ वर्षिय एक महिला १ र वडा नं ८ को २९ वर्षिय एक महिलामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य शाखाको अनुसार शुक्रबार ४१ जनाको स्वाब परिक्षण गर्दा १७ जनामा कोरोना भाइरसको पोजेटिभ देखाएको हो ।

त्यस्तै वडा नखुलेको तर सुन्दरहरैचा ठेगाना भएको ३० वर्षिय एक महिलामा समेत कोरोना देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।