सुन्दरहरैचा उवा संघ: तत्काल निर्वाचन हुन नसक्ने

सुन्दरहरैचा । सुन्दरहरैचा उधोग वाणिज्य संघको निर्वाचन प्रक्रिया रोकिएको छ । सुन्दरहरैचा नगरपालिकामा कोरोना भाइरसको संक्रमण अत्याधिक बढेको कारण उधोग वाणिज्य संघको असोज २३ गतेको साधारण सभा पश्चातको निर्वाचन रोकिएको हो ।

निरन्तर खबर सग कुरा गर्दै संघका अध्यक्ष नवराज चापागाईले तत्काल यो अवस्थामा निर्वाचन गराउन नसकिने बताउदै संघको हालको निर्वाचन प्रक्रियालाई स्थगित गर्ने निर्णय गरेको बताए । तर उनले संघको आगामी नेतृत्वको लागि सहमती भईरहेको बताए । उनले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न हालको अवस्थामा असम्भव भएकोले सहमतिको आधारमा नेतृत्व चुन्ने बताए । उनले संघमा अबको नेतृत्व कसलाई बनाउने भन्ने बारे छलफल भईरहेको र सहमती अन्तिम चरणमा पुग्दै आएको समेत बताए ।

संघमा आगामी नेतृत्वको लागि अध्यक्ष पदमा कृष्ण रिजाल र टीका कट्टेलको नाम चर्चामा आएको छ । यी दुई व्यक्ती मध्ये एक जना नै सहमतिको आधारमा संघको अध्यक्ष चयन हुनेछन ।

नगरपालिकाको कार्यपालिकाले असोज २० गतेको बैठकबाट नगरमा कुनै पनि सभा सम्मेलन गर्न नपाउने निर्णय गरे सगै संघको निर्वाचन प्रक्रियामा समेत असर पुगेको हो ।