खान नपाएर आत्महत्या, छोराछोरीको विचल्ली

सुन्दरहरैचा । भोकमारी सहन नसकेर माेरङ सुन्दरहरैंचाका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

सुन्दरहरैंचा १० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीले भाेकमारीकाे पीडा सहन नसकेर आफ्नै घरमा आत्महत्या गरेका हुन् । दर्जीले आत्महत्या गरेपछि अहिले उनकाे परिवारमा ससाना छोराछोरीको बिचल्नी भएको छ । वैदेशिक राेजगारीकाे लागि भारत गएकी अशाेककी श्रीमति पनि उतै अलपत्रमा छिन् । विदेश पठाउने भन्दै दलालले श्रीमतीलाई दिल्ली पुर्‍याएका थिए । दिल्ली पुग्ने बित्तिकै लकडाउन सुरु भएकोले बेखर्ची भएर उनी दिल्लीमा अलपत्र परेकी छन् । अशाेककाे परिवारमा अहिले पीडा माथि पीडा थपिएको छ ।

अशोक लामो समय देखि ठेला चलाउँने व्याति हुन । लकडाउन सुरु हुनुभन्दा केही महिना अघिदेखि उनले निर्माण मजदूरको काम पाएकाे भए पनि लकडाउनले उनको काम रोकीएर परिवार पाल्न थप समस्या भएको थियाे । लकडाउन अघि उनले दुःख गरेर दैनिकी चलाएर ६ जनाको परिवार जसाेतसाे पालेका थिए ।

अशोकले आत्महत्या गरेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको अहिले बिचल्ली भएको दलित उत्थान समन्वय समितिका नगर अध्यक्ष कुमार मिजारले बताए । अशोककी २१ वर्षीया छोरीको भने घर नजिकै रहेको चाैधरी परिवारमा विवाह भइसकेको तथा एक छाेरी अपांग रहेकी मिजारले उल्लेख गरे ।

आम्दानीकाे स्रोत एकाएक घटे पछि उनकाे घरमा खाने अन्न समेत भएन । केही दिनअघि उनले परिवार पाल्नकै लागि घरमा भएको सिलिण्डर ग्यास चल्याे लगायतका केहि समान समेत बेचेकाे भए पनि तेसले पनि पुगेन ।

सुन्दरहरैंचा नगरपालिका–१० का वडाध्यक्ष राजेन्द्रबहादुर थापाले आर्थिक अवस्था अति कमजोर भएका दर्जीले आत्महत्या गरेको बताए ।

उनले मजदूरी गरेर गुजारा चलाउने दर्जीले आर्थिक अवस्था कमजोर भएका कारण आत्महत्या गरेकाे हुन सक्ने अनुमान स्थानीयहरुले गरेका छन ।