चालीस कटेसी “गाउँ घर” मै रमाइलो गर्दै गौरव र मेनुका

सुन्दरहरैचा । सुन साइली मार्फत चर्चामा आएका गौरव पहारी र मेनुका प्रधानको जोडीले अभिनय गरेको नया म्युजिक भिडियो गाउँ घरमै रमाइलो सार्वजनिक भएको छ । उनीहरुको अभिनय रहेको अर्को गीत ‘गाउँघरै रमाइलो’ शुक्रबार ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । रमेश कार्कीको शब्द र साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ ।

गौरव र मेनुकाले गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका निभाएका छन् । यस गीतले गौरव र मेनुकालाई पुनः साइँलीले दिएको माया दिलाउने अनुमान गर्न सकिन्छ ।

गीत रमेश कार्कीले लेखेका हुन् भने सङ्गीत गायक राईकै रहेको छ । सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् ।

भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्फेले निर्देशन गरेका हुन् । र, छायांकन पनि तुम्बाहाम्फेकै छ । भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

पर्यटकिय क्षेत्रमा सफलता हात पारेका यस गितका रचनाकार रमेश कार्की हुन । उनले २० वटा भन्दा बढी गित रचना गरिसकेका छन भने त्यति नै मात्रामा उनले विभिन्न गितमा संगित गरिसकेका छन । मोरङको सुन्दरहरैचा नगरपालिकामा गोकुल रिसोर्ट जस्तो पार्कलाई सञ्चालनमा ल्याएका उनी पुर्वका पर्यटकिय व्यवसायिक रुपमा परिचित हुँदै सांगितिक क्षेत्रमा समेत सफलता हात पार्दै गएका छन ।