सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपलिकामा बिहिबार थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सांक्रमण पुष्टि हुनेमा सुन्दरहरैचा नगरपालिका वडा नं ९ का एक जना २८ वर्षिय पुरुष, वडा नं ६ का एक जना ३८ वर्षिय पुरुष र वडा नं १० का एक जना २५ वर्षिय पुरुष रहेको सुन्दरहरैचा नगरपलिकाका स्वास्थ्य शाखा प्रमुख मछिन्द्र बस्नेतले बताएका छन ।
संक्रमित सबै सुन्दरहरैचा नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका थिए । उनिहरुलाई तत्काल सुन्दरहरैचा नगरपालिकाले निर्माण गरेको क्वारेन्टिन सिग्देल बन्धु प्रतिष्ठानमा नै रखिने व्यवस्था गरेको शाखा प्रमुख बस्नेतले बताए ।