बेलबारीका थप ३ कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेकाको स्वाव संकलन


बेलबारी ४ धरहराका थप ३ जना कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाव नमुना संकलन गरिएको छ । गत भदौ १६ गते मंगलबार सो स्थानका थप ३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरुकै कन्ट्याक ट्रेसिङ गर्ने क्रममा अन्यको विहिबार स्वाव नमुना संकलन गरिएको हो । बेलबारी नगरपालिका स्वास्थ्य शाखाले कन्ट्याक ट्रेसिङमा परेका ४९ जनाको नमुना संकलन गरेको हो । गत भदौ ९ गते बेलबारी ४ मा पहिलोपटक एकै परिवारका ३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरुको कन्ट्याक ट्रेसिङमा परेका मध्ये भदौ १६ मा थप ३ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै विहिबार इलाका प्रहरी कार्यालय बेलबारीका १८ जना थुनुवाको पनि नमुना संकलन गरिएको छ ।बेलबारी १० स्थित क्वारेन्टिनमा रहेका ७ जनाको पनि नमुना संकलन गरिएको छ । कन्ट्याक ट्रेसिङमा परेका,थुनुवा र क्वारेन्टिनका समेत गरी विहिबार ७४ जनाको नमुना संकलन गरी धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ ।