बेलबारी ४ का थप ३ जनामा कोरोना

बेलबारी ४ धरहराका थप ३ ब्यक्तिमा कोरोना पुष्टि भएको छ । सन्क्रमित हुनेमा २ महिला र १ पुरुष रहेका छन् । बेलबारी ४ का ४८ र ४० बर्षका महिला र २५ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस बिस्वकर्माले जानकारी दिनुभएको छ । बेलबारी ४ मा केहिदिन अघि सन्क्रमित ३ जनाको कन्ट्याक ट्रेसिङका क्रममा उनिहरुमा सन्क्रमण पुष्टि भएको हो । ६० जनाको स्वाव धरान स्थित प्रयोगशाला पठाइएकोमा अरु ५७ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।