सुन्दरहरैचामा शनिबार थप दुई जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपलिकामा शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । संक्रमीत दुई व्यक्ती एक जना महिला र एक जना पुरुष रहेको सुन्दरहरैचा स्वास्थ्य शाखाले जनाएको छ ।

दुई मध्ये एक जना वडा नं ४ कि महिला रहेकी छिन भने एक जन वडा नं ६ क पुरुष रहेका छन । नगरपलिकाले जारी गरेको लकडाउन जिल्ला प्रशासन कार्यलय मोरङले दिनको १२ बजे देखि मात्र निशेधाज्ञ गरेको कारण फितलो भएको छ ।

नगरपालिकाले लकडाउन जारी रहेको बताए पनि सडकमा अनावश्यक यात्रा गर्ने क्रम अहिले बढ्दो मात्रामा छ । यसले झन सुन्दरहरैचा नगरपालिकामा कोरोनाको जोखिम बढाउन सक्ने अनुमान गर्न सकिन्छ ।