बेलबारीमा थप १ जनामा कोरोना पुष्टि

बेलबारीका थप १ युवकमा कोरोना पुष्टी भएको छ । बेलबारी १ का ३२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । ती युवक भारतबाट आएर बेलबारी १० स्थित क्वारेन्टिनमा बस्दै आएको स्वास्थ्य शाखाका सन्तोश बिस्वकर्माले जानकारी दिनुभएको छ ।