कोरोना संक्रमणबाट बेलबारीमा एक महिलाको मृत्यु

बेलबारी । बेलबारीमा पहिलो पटक कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । बेलबारी ५ कि ५६ वर्षिय महिलाको आज बिहान धरान स्थित कोभिड अस्पतालमा मृत्यु भएको हो ।

भदौ ५ गते बिरामी भएर उपचार गर्न मोरङको सहकारी अस्पताल गएकी उनलाई कोरोना पुष्टि भए पछि धरान स्थित कोबिड अस्पताल पठाइएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु हुने बेलबारीको यो घटना पहिलो हो । बेलबारीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक पुगेको छ भने कोरोना पुष्टि भएको संख्या २२ पुगेको छ ।