आज थप ६३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ हजार नाघ्यो

काठमाडौँ।पछिल्लो २४ घन्टामा थप ६३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको बताएका छन् ।

मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ९२ हजार ४१८ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १२ हजार ५१९ पीसीआर परीक्षण भएका छन् ।

२४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १३६ जना रहेको छ । यो सङ्गै हालसम्म निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ६ सय ५८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १२ हजार ६२१ जना रहेको छ ।

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय