शनिबार देशभर ६ सय ३४ कोरोना सङ्क्रमित थपिए

६ भदौ । नेपालमा शनिबार ६ सय ३४ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेशवर गौतमले गत २४ घण्टामा देशभर ६ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिएका हुन ।
यस्तै गएको २४ घण्टामा १३६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ । आज १२ हजार ५ सय १९ जनाको पीसीआर विधिबाट परीक्षण भएको पनि गौतमले बताउनुभयो । यस्तै अहिले देशभर ११ हजार ६ सय ५८ जना क्वरेण्टीनमा छन् ।