सुन्दरहरैचा नगरपालिका शिल गर्ने तयारी

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा कोरोना संक्रमित व्यक्तीको संख्या समुदाय स्तरमा समेत बढ्दै गए पछी नगरपालिका शिल गर्ने तयारीमा पुगेको छ । सुन्दरहरैचा नगरपालिकामा हाल सम्म ९१४ जना स्वाब संकलन गर्दा ३२ जना व्यक्तीमा कोरोना संक्रमण पुष्टी भईसकेको छ । जसमा २२ जना पुरुष छन भने १० जना महिला कोरोना संक्रमित छन । ३२ मध्ये १५ जना कोरोना सक्रमणबाट निको भएर घर फर्किसकेका छ ।

समुदाय स्तरमा कोरोना फैलिदै गएपछी कोरोना भाइरस सक्रमंण रोकथामको लागि सुन्दरहरैचा नगरपालिकाले श्रावण २१ गते देखी बन्दाबन्दी गर्ने निर्णय गरेको थियो । तर नगरपालिकाले आह्वान गरेको बन्दाबन्दीको समय भाद्र ०७ गते रातको ११:५९ बजे समाप्त हुँदैछ । बन्दाबन्दीको समय सकिनै लाग्दा अझ जोखिमा बढ्दै गएको कारण भाद्र ०७ गते राती देखी नगर शिल गर्ने तयारीमा लागेको नगरपालिका स्रोतले जनाएको छ । शिल गर्ने या यही अवस्थामा बन्दाबन्दीलाई अझ कडाईका साथ लागु गरेर अगाडी बढ्ने नगर कार्यपालिकाको बैठकको निर्णय पश्चात मात्र जानकारी हुने नगर स्रोतले बताएको छ ।

कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछी अबको विकल्प नगरलाई शिल गर्नु बाहेक अन्य उपाय नभएको नगर स्रोतले जनाएको छ । स्थानिय तहले शिल गर्ने जानकारी गराए प्रहरी प्रशासन समेत तयारी अवस्थामा रहेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ॠषीराज ढकालले जानकारी दिए । उनले स्थानिय तहले जारी गरेको दोश्रो चरणको बन्दाबन्दीको समय सकिदै गर्दा अब नगरलाई शिल नै गरेर समुदायमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न अगाडी बढ्नु पर्ने बताए ।

पहिलो चरणमा नागरिकले लकडाउनको अर्थ नबुझे पनि दोश्रो चरणको लकडाउनलाई प्रभावकारी रुपमा नागरिक स्तरबाटै पालना भएको छ । सुन्दरहरैचा, बेलबारी, केराबारी लगायतका विभिन्न स्थानिय तहमा आगामी दिनमा आउने जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी सकृया रुपमा लकडाउन पालना गराउन लागि परेको प्रहरी निरिक्षक ढकालले बताए । उनले अनावश्यक रुपमा बिना काम यात्रा नगरन साथै घरबाट बाहिर ननीस्किन समेत आग्रह गरेका छन । बन्दबन्दीमा अनावश्यक रुपमा घरबाट निक्लिएको अवस्थामा तथा बन्दाबन्दी उल्लंघन गरेमा पउल्लांघन गर्ने व्यक्तीलाई पक्राउ गरी कानुनी कार्वाही गरिने प्रहरी निरिक्षक ढकालले बताए ।