देशभर ७ सय ७ संक्रमित थपिए

४ भदौ, काठमाडौं । नेपालमा ७ सय ७ कोरोना संक्रमित थपिएका छन । यससँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

बिहिबार नेपालमा ७ सय ७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म संक्रमित मध्ये १ सय २६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ६४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । निको हुनेको संख्या १७ हजार ९ सय ६४ रहेको मन्त्रालयले जनाएको छ ।