सुन्दरहरैँचामा एकैदिन ६ जनामा कोरोना पुष्टि


सुन्दरहरैँचामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुन्दरहरैँचा नगरपालिका स्वास्थ्य शाखाका अनुसार संक्रमित हुनेमा वडानम्बर ७ की ४२ वर्षिया महिला, वडानम्बर ९ का ३१,२० र ३३ वर्षिय पुरुष,वडानम्बर १० का २८ र २ का ५२ वर्षिय पुरुष रहेका छन् । पहिले संक्रमित भएकाहरुको कन्ट्याक ट्रेसिङमा परेका तथा संकास्पद अवस्थाका व्यक्तिहरुको गत भदौ १ गते संकलित स्वाव नमुना परिक्षणका क्रममा विहिबार ती व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा चालक,होटल व्यवसायी तथा केही व्यवसायिक प्रतिष्ठानमा कार्यरत व्यक्तिहरु रहेको स्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेतले जानकारी दिनुभएको छ । संक्रमितहरु मध्ये अवस्था हेरी केहीलाई होम आइसोलेसनमै राख्ने र केहीलाई कोभिड आइसोलेसन सेन्टर लैजाने तयारी भैरहेको बस्नेतले बताउनुभयो ।