नेपालमा एकै दिन थपिए १ हजार बढि कोरोना संक्रमित

भाद्र २ । मंगलबार नेपालमा १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या नेपालमा एकै दिनमा पुष्टि हुनेमा सबैभन्दा उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ । हालसम्म ५ लाख ४२ हजार ८ सय ६६ पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।