सुन्दरहरैचामा लकडाउन थप हुदै

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा जारी लकडाउन भोलि ३२ गते बाट समाप्त हुदैछ । तर कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि नगरपालिकाले लकडाउन पुन थप गर्ने भएको छ ।

भाइरस अझै नियन्त्रणमा नआईसकेको कारण लकडाउन पुन थप जुन सक्ने सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुखको स्वकिय सचिव दिपक बजगाईले जानकारी दिए । भाइरसको जोक्जिम सगै भोलीको कार्यपालिकाको बैठक प्रविधिको प्रयोगबाट सञ्चालन गरिने बजगाईले बताए ।

ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ॠषीराज ढकालले पनि लकडाउन पुन थप गर्नु पर्ने बताए । समुदायमा दिनदिनै भाइरसको जोखिम देखिन थाले पछि थप लकडाउन गर्नु आर्ने उनले बताएका छन ।

लकडाउन कति थप गर्ने भन्ने बरे आइतबार ( भोलि) को कार्यपालिकाको बैठकबाट निर्णय हुनेछ ।