नोबेलमा कार्यरत सुन्दरहरैँचाकी एक नर्समा कोरोना संक्रमण


नोबेल अस्पतालमा कार्यरत सुन्दरहरैँचाकी एक नर्समा कोरोना पुष्टि भएको छ । सुन्दरहरैचा ८ की २४ वर्षिया ती युवतीमा शनिबार कोरोना पुष्टि भएको हो । नोबेल मेडीकल कलेजमा ३ दिन अघि स्वाव नमुना दिएर ती युवती सुन्दरहरैँचा स्थित आफ्नै घरमा क्वारेन्टिनमा बस्दै आएकी थिइन् । कोरोना पुष्टि भएसँगै ति युवतीलाई होम आइसोलेसनमा राख्ने तयारी भएको सुन्दरहरैँचा वडानम्बर ८ का वडाध्यक्ष खेम न्यौपानेले जानकारी दिएका छन् ।यो सँगै शनिबार सुन्दरहरैँचामा कोरोना संक्रमण हुनेको संख्या ३ पुगेको छ । यसअघि शनिबार नै सुन्दरहरैँचाका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सुन्दरहरैँचा वडानम्बर ८मा सर्वदलिय भेला आयोजना गरेर सुरक्षात्मक विधिका लागि शिल गर्ने वा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेर निर्णयमा पुग्ने पनि वडाध्यक्ष नौपानेले जानकारी दिएका छन् ।