घास काट्न गएका ९० वर्षीय वृद्ध मृत अवस्थामा फेला

इटहरी । इटहरी ७ स्थित बज्राहमा सोही स्थान बस्ने ९० वर्षीय गुणनिधि भट्टराई मृत भेटिएका छन । घास काट्न भनी बिहान ८ बजे घरबाट हिंडेका भट्टराईको शव साँझ ५ बजे घर नजिकैको कास घारीमा भेटिएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीको अनुसार घाँस काट्न प्रयोग भएको हँसिया भने मृतकको हातमै भेटिएको थियो । टाउकोमा र हातमा रगत देखिए पनि उनको शरीरमा चोट नदेखिएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।