इटहरीमा ५ महिनाको शिशु मृत फेला

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालीका वार्ड नं ६ स्थित बसपार्क उत्तर दिशाको एक नालामा अन्दाजी ५ महिनाको  शिशु मृत अवस्थामा फेला परेको छ ।

नालाको पानीले बगाएर ल्याउदै गर्दा स्थानीयले देखे पछि प्रहरीमा खबर गरेका थीए । घटनास्थल पुगेको प्रहरीले मृत शिशुको मुचुल्का उठाइ थप अनुशन्धान सुरू गरेको जनाएको छ ।

घटना बारे अनुसन्धान भईरहेकाले थप विवरण आउन बाकी रहेको छ ।