सुन्दरहरैचामा नया कार्यकारी अधिकृतको रुपमा रेग्मी

सुन्दरहरैचा। सुन्दरहरैचा नगरपालिकामा नया प्रमुख प्रशासकिय अधिकृतको रुपमा गोपाल प्रसाद रेग्मी आउने भएका छन ।

साउन १५ गते बसेको नेपाल सरकारको सचिव स्तरिय बैठकले रेग्मीलाई सुन्दरहरैचा नगरपालिका पठाउने निर्णय गरेको हो ।

रेग्मी धनुषाको जनकपुर उपमहानगरपालिकाबाट सुन्दरहरैचा नगरपालिकामा आउन लागेका हुन । जनकपुर उपमहानगरपालिकामा हुनु भन्दा अघि उनी विराटनगर महानगरपालिकामा प्रमुुुख प्रशासकिय अधिकृतको रुपमा थिए ।