सुन्दरहरैचाका एक युवा आमालाई जबरजस्ती करणी गरेको उधोगमा पक्राउ

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा आमालाई जबरजस्ती करणी गरेको उधोगमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणीकाे आरोपमा २५ वर्षीय छोरा पक्राउ परेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

पक्राउ पर्ने युवा सुन्दरहरैचा नगरपालिका वडा नं ५ बलिया टोलका रहेका प्रहरीले जनाएको छ । घरमा कोही नभएको समयमा सुतिरहेको आमामाथि करणीको प्रयास गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान हुँदै गरेकाे प्रहरीले जनाएकाे छ ।