गोठगाउको आईसोलेशनमा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भए

सुन्दरहरैचा । प्रदेश १ बाट आज ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरंगका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका
छन् ।

डिस्चार्ज हुनेहरुलाई आज प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका प्रमुख शिव प्रसाद ढकाल, उपप्रमुख धना तामाङ लगायतले विदाई गरेका थिए ।

अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई विदाई गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको बताएका छन । कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको उनले बताएका थिए ।

क्वारेन्टाईनमा मात्र संक्रमण देखिएकाले क्वारेन्टाईनलाई व्यवस्थित गर्दै लैजाने मन्त्री घिमिरेको भनाई थियो ।

आज डिस्चार्ज हुनेहरु गत जेठ २२ गतेदेखि २६ गते सम्म भर्ना भएकाहरु रहेको पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डीन डा.शैलेशमणी पोखरेलले जानकारी दिए। प्रदेश १ मा आज ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ । संक्रमितको संख्या ४ सय १६ रहेको छ ।