थप ५८६ काेराेना सङ्क्रमित, कुल सङ्ख्या ७ हजार १७७ पुग्याे

नेपालमा थप ५८६ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । 

डिस्चार्ज हुने नाै जना पुरूष छन् । योसँगै कुल डिस्चार्ज एक हजार १६७ पुगेको छ । रेड जाेनमा ५०५ जना रहेका छन् ।

सङ्क्रमित जिल्ला ७३ पुगेकाे छ । थप एक जना काेराेना भाइरसले मृत्यु भएसँगै कुल सङ्ख्या २० पुगेकाे छ ।