चिनिया सेनाको आक्रमणमा परी २० भारतीय सेनाको मृत्‍यु

काठमाडौ । भारत र चीनका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको छ। भारतीय सेनाले आफ्ना २० सैनिकको मृत्यु भएको जनाएको हो।

भारतीय सेनालाई उदृत गर्दै भारतीय मिडियाले सो जानकारी दिएका हुन्। सोमबार राती चिनियाँ सेनाको आक्रमणमा परि सेनाका एक कर्णेल र दुई जवानको मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएपनि राती सो संख्या २० रहेको भारतीय सेनाले बताएको हो। पूर्वी लद्धाखको गल्वान क्षेत्रमा झडप भएको बताइएको छ।

झडपमा गोली नचलेपनि ढुङगा, लाठी र अन्य धारिलो हतियार प्रयोग भएको हुनसक्ने बताइएको छ। चीनतर्फ क्षतीको विवरण आउन बाँकी छ।