बेलबारीको लोहन्द्रा पुलमा दुर्घटना २९ वर्षिय अनिषको मृत्यु

बेलबारी । मोरङको बेलबारी नगरपालिका स्थित पुर्व पश्चिम लोकमार्गमा रहेको लोहन्द्रा पुलमा सडक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

पश्चिम देखि पुर्व तर्फ जाँदै गरेको को ३२ प ६६७६ नम्बरको टु टवान्टी मोटरसाईकल र को १ क ३२५० नम्बरको टिफर ठोक्किँदा मोटरसाइकलमा सवार बेलबारी १ का २९ वर्षिय अनिस धिमाल गम्भिर घाईते भएका थिए ।

घाइते धिमालको उपचारका लागि नाबेल अस्पताल लगिएकोमा राति ८:३० बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

टिफर चालक सुन्दरहरैचा ७ का ४९ बर्षिय अशोकलाल चौधरी ईलाका प्रहरी कार्यलय बेलबारीको नियन्त्रणमा रहेको बेलबारी प्रहरीले जनाएको छ ।