सरकारले कर्मचारीको अतिरिक्त भता कटौती गर्यो

काठमाडौं । सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना, खाजा, प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको घोषणा गरेका हुन् । प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले यस्तो घोषणा गर्नुपरेको उनको भनाइ छ ।

आगामी आर्थिक वर्षमा कार्यालय सन्चालन, इन्धन, मर्मत, भ्रमण, कम प्राथमिकताका गोष्ठी सहायता, भौपरी खर्च, फर्निचर, सवारी साधन, मर्मत खर्चलगायतको बजेट समेत उल्लेख्य कटौती भएको अर्थमन्त्रीले जानकारी दिए ।