स्वास्थ्यमा ९० अर्ब ६९ करोड विनियोजन

काठमाडौं । विश्व नै कोभिड—१९ महामारीसँग लडिरहेका बेला नेपाल सरकारले पनि स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् । स्वास्थ्यलाई केन्द्रित गरेर ल्याइएको बजेटमा स्वास्थ्य मन्त्रालयको बजेट वृद्धि गर्दै ९० अर्ब ६९ करोड बनाइएको छ । यसअघि स्वास्थ्यको बजेट ६७ अर्ब रहेको थियो ।