धरानमा कांग्रेसले ७ सय ७ मतको अग्रता लियो

बिराटचोक ः   सुनसरीकाे धरान उपमहानगरपालिकामा उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार कांग्रेसका तिलक राईले ११ हजार ८ सय २७ र नेकपाका प्रकाश राईले ११ हजार १ सय २० मत पाएका छन् । राति ८ बजेसम्मको मतगणना सकिँदा कांग्रेसको मतान्तर ७ सय ७ पुगेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्वुले ५९०, समाजवादीका गजेन्द्रबहादुर लिम्वुले ३९३, स्वतन्त्र उम्मेदवार हर्कराज राईले २२२ र राप्रपाका रोशन विकले ७७ मत ल्याएका छन् । उपनिर्वाचनमा ५५ हजार ११ मत खसेकामा २४ हजार ९ सय ५० मत मात्रै गणना भएको छ ।