होलसेल पसल तथा होटलहरूको अनुगमन

पथरी / पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख तथा अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको संयोजकत्वमा होलसेल पसल तथा होटलहरूको अनुगमन गरिएको छ ।

आज नगरपालिकाभित्र सञ्चालनमा रहेका किराना होलसेल पसल र होटलहरूको अनुगमन गरिएको हो । अनुगमनका क्रममा एक्सपायरी मिति नछुट्याइएका, म्याद रहेका र म्याद गुज्रेका खाद्य सामग्रीहरू एकै स्थानमा भण्डारण गरी विक्री कक्षमै राखिएको पाइएकाले आगामी दिनमा यस्तो नगर्न व्यवसायीहरूलाई सचेत गराइएको छ । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका खाद्य सामग्रीहरू तत्काल नष्ट गरिएको थियो । साथै, पसल तथा होटलहरू दर्ता तथा नविकरण भए–नभएको विषयमा पनि जाँच गरिएको थियो ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रकृति वस्ती र दृश्य ढकाल, नगर अनुगमन समितिका सदस्य तथा कार्यपालिका सदस्य अञ्जना दर्जी, नगरको निरीक्षण अधिकृत एकराज खत्री, राजश्व शाखा प्रमुख तारा ढकाल, नगर प्रहरी प्रमुख योगेन्द्र श्रेष्ठ तथा प्रहरीहरूको उपस्थिति रहेको थियो ।




Leave a Reply

Your email address will not be published.