एक्सनमा पथरी प्रहरी :- लागुअौषधसहित एक युवक पक्राउ, चिसाङ खोलाबाट दुई ट्याक्टर नियन्त्रण

पथरी / मोरङको पथरी शनिश्चरे क्षेत्रमा लागूऔषध कारोबार र प्राकृतिक स्रोतको अवैध दोहनविरुद्ध प्रहरीले कडा कारबाही अघि बढाएको छ। इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे नगरपालिका–८ मङ्गलबारेबाट लागुअौषध (ब्राउन सुगरजस्तै) सहित बिहिवार एकजनालाइ  पक्राउ गरेको छ भने चिसाङ खोलामा अवैध उत्खनन गर्दै गरेका दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा बिहिवार साँझ करिब ५ बजे स्थानीय कुमार मगरलाई ६ ग्राम १२० मिलिग्राम लागुअौषधसहित पक्राउ गरेको हो। पक्राउ परेका मगरलाई थप अनुसन्धान तथा कानुनी कारवाहि अघि बढिरहेको प्रहरिले बताएको छ। प्रारम्भिक अनुसन्धानबाट सीमावर्ती क्षेत्र हुँदै लागूऔषध ओसारपसार हुने गरेको आशङ्का गरिएको छ। समयमै सूचना प्राप्त नहुँदा लागूऔषध कारोबारीहरू पहिचान गर्न कठिनाइ भइरहेको भए पनि प्रहरीको निगरानी थप कडा बनाइएको जनाएको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीप्रसाद अर्यालको कमाण्डमा खटिएको प्रहरी टोलीले चिसाङ खोलामा अवैध रूपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरिरहेका दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ। को २ त ५४५३ र ना ६ त ५३८३ नम्बरका ट्याक्टरहरू उत्खननकै क्रममा फेला परेपछि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि कानेपोखरी गाउँपालिकाको कार्यालयलाई बुझाइएको हो।

कानेपोखरी गाउँपालिकाले प्रचलित कानुनअनुसार अवैध उत्खननमा संलग्न दुवै ट्याक्टरलाई जनही २५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ। प्रहरीका अनुसार वातावरणीय क्षति पुर्‍याउने अवैध उत्खनन र समाजलाई असर गर्ने लागूऔषध कारोबारविरुद्ध यस्ता कारबाहीलाई आगामी दिनहरूमा अझ तीव्र बनाइने




Leave a Reply

Your email address will not be published.