भट्टराई कुल विकास प्रतिष्ठानको कुलपूजा गोठगाउँमा शुरु (फोटो फिचर)

विराटचोकः भट्टराई कुल विकास प्रतिष्ठानको १४ औँ कुलपूजा शुरु भएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा रहेको कुलथानमा बिहानैदेखि कुलपूजा शुरु भएको हो । अहिले सयौँ मानिस भेला भइसकेका छन् भने पूजास्थलमा आउनेको ताँती पनि उत्तिकै छ । प्रतिष्ठानले ५० हजार भट्टराई बन्धुहरु सहभागी हुने अनुमान गरेको छ । तस्बिरमा हेर्नुहोस् पूजास्थल वरपरका केही दृश्यहरु ।

शब्द र तस्बिरः ज्ञाननाथ ढकाल