सबै महिलाहरूले पुरूष सरह अधिकार पाएका छन् : उप-सभामुख राना

मोरङ / उप-सभामुख माननीय इन्दिरा राना मगरले सबै महिलाहरूले पुरूष सरह अधिकार प्राप्त गरिसकेको बताउनुभएको छ ।

शनिबार मोरङको लेटाङ–९, जाँतेमा अवस्थित शिव शक्ति बाबा धाम संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि उप-सभामुख रानाले श्री श्री श्री दिव्य शक्ति जगद्गुरुपरम पूज्य शिव शक्ति बाबा महाराजलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । गुरु जम्बूद्वीप पद्मश्री अलंकरण अवार्डबाट सम्मानित भएको अवसरमा बधाई तथा शुभकामना दिँदै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

बिगतमा पुरूषप्रधान समाजका कारण आफू र आफ्नो परिवारले भोग्नुपरेका विभिन्न समस्याहरू स्मरण गर्दै उप-सभामुख रानाले ती अनुभवहरूले नै महिलाले पनि पुरूष सरह समान अधिकार पाउनुपर्छ भन्ने अभियानमा आफूलाई अग्रसर बनाएको बताउनुभयो । साथै, आफ्नी छोरीलाई नागरिकता बनाउने क्रममा आफूले भोग्नुपरेका कठिनाइहरूको चर्चा गर्दै हाल आमाको नागरिकताका आधारमा सन्तानलाई नागरिकता प्रदान गर्न सकिने विधेयक संसदबाट पारित भइसकेको जानकारीसमेत दिनुभयो ।




Leave a Reply

Your email address will not be published.